पोखरास्थित मुख्य कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि.ले लमजुङको बेसीशहर ८ शेराचोकमा तेस्रो शाखा शुभारम्भ गरेको छ । गण्डकी पदेशका सम्पूर्ण जिल्लाहरुमा शाखा खोल्ने योजनामा रहेको यु.आर.एलले लमजुङबाट पनि सेवा सुरु गरेको हो ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तका अनुसार शाखा संचालनको यो सु अवसरमा माघ १५ देखि फागुन १५ गतेसम्म मधुमेह र युरिक एसिड रोग सम्बन्धी रक्त परिक्षण निःशुल्क गरिएकको छ ।
२०७० मंसिर २३ गतेबाट सेवा सुरु गरेको युआरएलले प्रधान कार्यालय पोखरासहित तनहुँको दुलेगौंडा, दमौली शाखाबाट सेवा सुरु गरिसकेको छ ।