/नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई बुझायो पत्र , थप समय दिन माग

नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई बुझायो पत्र , थप समय दिन माग

नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल उपस्थित हुन नसक्ने जनाएको छ।

अध्यक्ष द्वय काठमाडौंबाहिर रहेको भन्दै दाहाल–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र कानुन व्यवसायी मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय उपस्थित हुन नसक्ने जानकारी गराएका हुन् ।
‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयं उपस्थित भई छलफल गर्न चाहनुभएको हुँदा सोको लागि आज तोकिएको समयमा सम्भव हुन नसकेको बेहोरा अवगत गराउँछु,’ पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।