/राष्ट्रिय महिला लिग फुटबलमा,आर्मीले चन्द्रपुरलाई दश–शून्यले हरायाे

राष्ट्रिय महिला लिग फुटबलमा,आर्मीले चन्द्रपुरलाई दश–शून्यले हरायाे

माघ १६, राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई फराकिलो गोल अन्तरले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा शुक्रवार भएको खेलमा आर्मीले चन्द्रपुर नगरपालिकालाई दश–शून्यले हराएको हो । 

आर्मीमा शर्मिला थापा र रश्मी घिसिङले चार/चार तथा विमला चौधरी र सपना लामाले एक/एक गोल गरे ।

जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मी चार खेलमा सात अङ्क जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको हो । चन्द्रपुरको चार खेलमा तीन अङ्क बटुल्दै छैटाैँ स्थानमा छ ।