/कोरोना बिरुद्दको खोप अभियानमा ढुक्क भएर सरिक हुन गण्डकी प्रदेश स्वास्थ्य निर्देशक शर्माको आग्रह

कोरोना बिरुद्दको खोप अभियानमा ढुक्क भएर सरिक हुन गण्डकी प्रदेश स्वास्थ्य निर्देशक शर्माको आग्रह

पोखरा | गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्माले ढुक्क भएर कोरोना खोप अभियानमा सरिक हुन आग्रह गर्नु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले   ६८ औ बिश्व कुष्ठरोग दिबसको अवसरमा आयोजना गरेको  पत्रकार अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

गण्डकी प्रदेशमा ११ ओटै जिल्लामा खोप अभियान सुरु भएको बताउदै निर्देशक शर्माले तेश्रोदिन सम्म ७ हजार ८ सय ९२ जानाले कोरोना बिरुद्दको खोप लगाइसकेको समेत बताउनुभयो । आफुले पनि खोप लगाइसकेको र बाहिर हल्ला गरिएजस्तो नकारात्मक असर नदेखिएको उहाँले बताउनुभयो ।

प्रदेशका प्रत्येक जिल्लामा समूह गठन गरेको र जस्तो सुकै सहयोगको लागि पनि प्रदेश तयार रहेको बताउदै उहाँले   डा बुद्दिबहादुर थापाको संयोजकत्वमा प्रदेश स्तरीय समूह  गठन गरिएको जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाबाट रिफर गर्नु पर्ने अवस्थामा गण्डकी अस्पताल , मणिपाल शिक्षण अस्पताल  र संक्रमक तथा सरुवा रोग अस्पताल र गण्डकी मेडिकल कलेजलाई तोकिएको समेत  बताउनुभयो । 

आज पनि चौंथो दिन प्रदेशका बिभिन्न जिल्लामा कोरोना बिरुद्दको खोप अभियान जारि रहेको छ ।