मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।दिनभर जसो यहाँका स्थानीय आगो निभाउन लागि पर्दा समेत आगो नियन्त्रणमा आउन नसकेको हो ।
जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भैसक्दा पनि आगो नियन्त्रणमा आउन नसकेको नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले बताउनुभयो । डाँडाकाँडाको बीचमा रहेको बस्ती ताचै मा ६३ घरधुरी रहेका छन् ।
आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल सकाइसकेको छ ।
स्याउला र धारोकाे पानी पाइपमा जोडेर आगो निभाउने प्रयास भैरहे पनि हावाहुरी चलिरहेकाले आगो झनै फैलिरहेको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो ।
आगो नियन्त्रणमा लिन नसके बस्तीमा फैलिने डर भएकाले सम्बन्धित निकायले यसमा गम्भीर भएर भएर पहल गर्नुपर्ने देखिन्छ ।