/हिल हिमालयज पोखराको अभियानमा निरन्तरता,६०० केजि फोहोर सकलन

हिल हिमालयज पोखराको अभियानमा निरन्तरता,६०० केजि फोहोर सकलन

सागर गिरि,

हिल हिमालयज पोखरा ले आज शनिबारका दिन पनि आफ्नो अभियानलाई निरन्तरता दिएको छ ।

वडा नम्बर १८ सेदि स्थित वाटर फ्रनट पछाडि ल्यान्डिङ जोनमा रहेको पिकनिक स्पोट रहेको स्थानमा ३१ औ क्याम्पिङ्ग सरसफाइ कार्यक्रम लाई निरंतरता दिएको हो ।

यो अभियानमा  ६०० केजि फोहोर सकलन भएको  अध्यक्ष रोशन गुरुङले जानकारी गराउनु भयो । वडा १८ का अध्यक्षको पनि सहयोग रहेको थियो  भने २८ जना को सहभागिता रहेको थियो ।