/युएईले विदेशी नागरिकलाई नागरिकता दिने

युएईले विदेशी नागरिकलाई नागरिकता दिने

माघ १८, कोरोना संक्रमणको महामारी र तेलको मूल्यको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि संयुक्त अरब इमिरेट्स (युएई)ले प्रख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने घोषणा गरेको छ।

दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले  लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका व्यक्तिहरुलाई युएईको नागरिकता दिइने जनाएका छन्। उनका अनुसार विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने छन्।

यसबाट युएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएकोमकतुमले बताएका छन्।  एजेन्सी