/कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
योसंगै विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ।
तीमध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन्।