/भारतमा सोमवारदेखि सिनेमाहलमा भरिभराउ दर्शक राख्न पाइने

भारतमा सोमवारदेखि सिनेमाहलमा भरिभराउ दर्शक राख्न पाइने

कोरोनाभाइरस महामारीका कारण सिनेमाहलहरू लामो समय बन्द गर्नुपरेको थियो । 

गत अक्टोबर महिनादेखि हल खुलेको भए पनि सबै सीटमा दर्शक बस्न दिने अनुमति थिएन । 

तर भारतको केन्द्र सरकारले सबै सीटमा दर्शक बस्न पाउने अनुमति सोमवारदेखि लागू हुने गरी दिएको छ । 

नयाँ निर्देशिकामा सरकारले सिनेमाहल शत प्रतिशत कपासिटीमा सञ्चालन गर्न दिने भनेको हो । 

तर सिनेमाहलहरूले नयाँ नियम पालन चाहिँ गर्नुपर्छ । हल प्रवेश गर्ने सबैले मास्क अनिवार्य रूपमा लगाउनुपर्छ । हल प्रवेश गर्ने र बाहिर निस्कने सबै ढोकामा स्यानिटाइजर अनिवार्य राखिनुपर्छ । सिनेमाहलमा कतै

पनि थुक्न पाइने छैन । सिनेमा हेर्न आउने प्रत्येक दर्शकको मोबाइलमा आरोग्य सेतु याप अनिवार्य छ । 

पार्किङ र हल भवन नजिक भीड गर्न नहुने निर्देशन पनि जारी गरिएको छ । अनि लिफ्टमा धेरै मानिस चढ्न नहुने पनि भनिएको छ । इन्टरभल लामो हुनेछ जसले गर्दा शौचालय जाँदा भीडभाड नहोस् । एजेन्सी