/राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ ।

बोर्डका अध्यक्ष  डाक्टर चन्द्रमणि पौडेलले केही समस्या नआए आज नतिजा सार्वजनिक गर्ने बताउनु भएको छ । यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो ।

४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ । बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो ।