/कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक


माघ १९, कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक भएको छ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालकाअनुसार नियमिततर्फ परीक्षामा ११ हजार १६९ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएका छन् । 

 

यस्तै, ११ हजार २२१ जनाले ३  दशमलव २१ देखि ३  दशमलव ६० सम्म जीपीए ल्याएका छन् ।   यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो । 

४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ । 

बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो ।