/वीर बलभद्रको जन्म जयन्ती संगै अब कुँवर दिवस पनि

वीर बलभद्रको जन्म जयन्ती संगै अब कुँवर दिवस पनि

 

पोखरा , राष्ट्रिय बिभुती वीर बलभद्र कुँवरको २३१ औं जन्म जयन्ती देशका विभिन्न स्थानमा मनाइ रहदा कास्की जिल्लाले पनि एक बिशेष कार्यक्रमको आयोजना गरि उक्त पबित्र दिनलाई अब देखि कुँवर दिवसका रूपमा पनि मनाउने निर्णय गरेको छ ।

कुँवर समाज नेपाल , कास्कीको साधारण सभा सहित आयोजित उक्त जन्म जयन्ती समारोहमा केन्द्रीय सदस्य एवम् कास्की जिल्लाका सल्लाहकार तिलक कुँवरले ” आजको दिनले देश बिदेशमा छरिएर रहेका कुँवरबन्धुहरुलाई एकताको सुत्रमा बाध्ने महत्त्वपूर्ण काम गरेकोले यस पबित्र दिनलाई कुँवर दिवसका रूपमा मनाउन यस गरिमामय सभा समक्ष प्रस्ताव गर्दछु । ” भनिरहदा गड्गडाहट तालीका साथ साधारण सभाले सर्वसम्मत उक्त प्रस्ताव पास गरेको छ । २०७८ माघ १७ गतेका दिन बलभद्र कुँवरको २३२ औं जन्म जयन्ती एवम् कुँवर दिवस एकसाथ मनाइने कास्की जिल्ला अध्यक्ष बुद्धिमान कुँवरले सोही समारोहमा घोषणा गरे । साथै केन्द्रीय प्रतिनिधि मार्फत यस अभियानलाई राष्ट्रब्यापी बनाउने उदघोस पनि गरे ।

प्रमुख अतिथि बरिस्ठ समाजसेवी श्याम कुमार कुँवरले समजको प्रगति देखेर आफुलाई खुसी लागेको बताए । केन्द्रीय सदस्य ललित बहादुर कुँवरले सत्रुले पनि सम्मान गरेर स्मारक बनाएको एक मात्र ब्यक्ति बलभद्र भएको बताए । निवर्तमान अध्यक्ष मेजर बिष्णु बहादुर कुँवरले बिदेशी शक्ति बाट राष्ट्र जोगाउन बलभद्रले गरेको योगदानको चर्चा जति गरे पनि कम हुने बताए । पुर्व अध्यक्ष लाल बहादुर कुँवरले राष्ट्रिय बिभुतीहरुलाई सरकारले उचित सम्मान दिन नसकेको बताए ।

निम बहादुर कुँवर , मनु कुँवर ,लिला बहादुर कुँवर , आरति कुँवर , डम्बर बहादुर कुँवर , सीता कुँवर , शोभा कुँवर , नर बहादुर कुँवर , मिना कुँवर लगायतले बोलेको उक्त सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पास गरेको थियो । सभा बुद्धिमान कुँवर थापाको अध्यक्षतामा भएको थियो ।