राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले उदयपुरको चौदण्डीगढीलाई फराकिलो अन्तरले हराएको छ । ललितपुर स्ठित एन्फा मैदानमा भएको खेलमा साविक विजेता एपीएफले चौदण्डीगढी नगरपालिकालाई २२–० ले हराएको हो ।
एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । यस्तै कप्तान अनु लामाले पाँच, उपकप्तान अनिता बस्नेतले तीन गोल तथा रेनुका नगरकोटी र सरु लिम्बुले एक/एक गोल गरे ।
जितसँगै एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ ।