/कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ लाख नाघ्यो

कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ लाख नाघ्यो

 नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ लाख नाघेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार सोमबार अपराह्न ४ बजेसम्म देशभर १ लाख १३ हजार १७५ व्यक्तिले कोरोनाविरुद्ध खोप लगाएका हुन्।

पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६ सय ४८, तेस्रो दिन १७ हजार ४ सय ६५,चौथो दिन १४ हजार ८ सय ९४, पाँचौ दिन २३ हजार ५ सय ८५ जनाले कोरोनाको खोप लगाएका थिए।

प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २ सय ७२, गण्डकीमा १३ हजार ९ सय २२, लुम्बिनीमा १४ हजार ६ सय ४०,कर्णालीमा ६ हजार १ सय ३१ र सुदूरपश्चिममा ७ हजार ८ सय ५७ ले खोप लगाएका छन्।