राष्ट्रिय महिला लिग फुटबलमा आज स्याङ्जाकाे वालिङ नगरपालिका र रौतहटकाे चन्द्रपुर नगरपालिका खेल्दै छन् । आजको खेल संगै दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।
अहिलेसम्म पाँच खेल खेलेका दुवै टिमले अहिलेसम्म एक/एक खेलमात्रै जितेका छन् ।
अंक तालिकाको पाचौँ स्थानमा रहेको वालिङले एकमा जित, दुईमा बराबरी र हार व्यहोरेको छ भने छैठौं स्थानमा रहेको चन्द्रपुरले एकमा जित र चारमा हार व्यहोरेको छ ।
खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुनेछ ।