माघ २०, वालिङले महिला राष्ट्रिय लिग फुटबलमा मंगलबार चन्द्रपुरलाई ३–० ले हराएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा क्यामरुनी खेलाडी मेथो रुथले दुई गोल गरे संगै वालिङले जित हात पारेको हो ।
त्यसैगरी खेलमा टोउटा ओर्नेलाले एक गोल गर्न सफल भएकी थिइन् ।
वालिङले ३७ औं मिनेटमा ओर्नेलको गोलले अग्रता लिएसगै रुथले ४५ र ४५ औं मिनेटमा थप दुई गोल गर्न सफल भएकी थिइन् । यो खेल संगै चन्द्रपुर छ खेलबाट तीनै अंकमा सीमित रहेको छ भने वालिङको छ खेलबाट आठ अंक भएको छ ।