/कुमार थिङको अध्यक्षतामा गण्डकी प्रदेशमा रग्वी संघ गठन

कुमार थिङको अध्यक्षतामा गण्डकी प्रदेशमा रग्वी संघ गठन

सागर गिरि,

गण्डकी प्रदेश रग्वी संघ गठन भएको छ ।  रग्वी खेलको विकास तथा विस्तारका लागि पोखरामा मंगलवार विभिन्न जिल्लाका प्रतिनिधीहरुको भेलाले कास्कीका कुमार थिङको अध्यक्षतामा गण्डकी प्रदेश रग्वी संघ गठन गरेको हो ।

 संघको उपाध्यक्षमा सुवास खडका (कास्की), खगेन्द्र क्षेत्री (पर्वत), इस्वर बस्याल (तनहुँ) र सह–सचिवमा जिवन बहादुर कार्की (म्याग्दी) रहेका छन भने सदस्यमा शिव शर्मा (स्याङजा), राजकुमार बसेल (वागलुङ), राजेश जिशी (नवलपुर), विनोद श्रेष्ठ (तनहुँ), सुदिप नगरकोटी (गोरखा) र सावित्री पुर्जा (म्याग्दी) रहेका छन ।

त्यस्तै संघको पदेन सदस्यमा मनाङका केशव पौडेल, प्रविन लामा (मनाङ), प्रेम तामाङ (लमजुङ), राम गुरुङ (गोरखा), जिवन पुन मगर (पर्वत), कमल हमाल ठकुरी (तनहुँ), सागर थापा (स्याङजा), शंकर पौडेल (म्याग्दी) र पेमा तासी (मुस्ताङ) रहेका छन ।