/रामकुमारी झाँक्रीलाई पक्राउ गरि कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र

रामकुमारी झाँक्रीलाई पक्राउ गरि कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे ओली पक्षको अखिल नेपाल महिला सङ्घ(अनेमसङ्घ) ले नेकपाकाे प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरि कारबाही गर्न माग गरेको छ ।  

बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकि नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो ।

ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरि व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरू प्रयोग गरेकाले प्रक्राउ गरि कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ । 

अनेम संघकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्था माथि नै अपमानजनक व्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन् ।