/भोलि नेकपा प्रचण्ड-माधव समूहद्वारा देशव्यापी आम हडतालको घोषणा, के-के बन्द ?

भोलि नेकपा प्रचण्ड-माधव समूहद्वारा देशव्यापी आम हडतालको घोषणा, के-के बन्द ?

नेकपा प्रचण्ड-माधव समूहले देशव्यापी आम हडतालको घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा बुधबार पत्रकार सम्मेलन गरेर सो समूहले आम हडतालको घोषणा गरेको हो । 

 नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार गर्ने आम हड्तालमा बजार, यातायात, उद्योग, कलकारखाना, कार्यालय सबै बन्द रहने बताइएको छ ।

संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै बिहिबारका लागि आम हड्ताल गर्ने निर्णय गरेको हो ।

आम हडताल शान्तिपूर्ण हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।