/गृह मन्त्रालय भन्छ: हड्ताल गर्नेलाई कारबाही गर्छौँ, व्यवसाय सञ्चालन गर्नुस्

गृह मन्त्रालय भन्छ: हड्ताल गर्नेलाई कारबाही गर्छौँ, व्यवसाय सञ्चालन गर्नुस्

माघ २१, दाहाल-नेपाल नेतृत्वको नेकपाले बिहीबार आम हड्ताल घोषणा गरे संगै  गृह मन्त्रालयले भने सो दिन निर्बाध रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गर्ने बताएको छ। 

गृह मन्‍त्रालयले आज एक विज्ञप्ति जारी गरेर आम हड्ताल र बन्दको नाममा सार्वजनिक तथा नीजि सम्पत्ति तोडफोड र नागरिकहरूले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्‍चालनमा अवरोध गरे कारबाही गर्ने जनाएको  हो। 

मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै हड्ताल गर्नेहरुलाई कारबाहीको चेतावनी दिएको हो।