पोखरा स्थित फेवातालमा पानीको तह घटाइएको छ । शनिबार तालको पानी घटाइएपछि दिउँसोदेखि किनारको भाग हिलाम्मे देखिएको छ ।
तालको पानी घटाइएपछि तालबाराही मन्दिरसम्म आवतजावतमा समेत प्रभाव परेको छ । फेवा किनारमा राखिँदै आएका डुंगा पनि किनारभन्दा पर सारिएको छ ।
४३ वर्ष पहिला बनाइएको बाँध अहिएले आएर मर्मत गर्न थालिएको हो । पर्वतको हरिबसु निर्माण सेवा प्रालिले तालको दक्षिणी भागमा रहेको बाँध मर्मत गर्न दुई करोडमा ठेक्का लिएको छ ।
समयमै पुनिर्माण नगर्दा अहिले आएर यति धेरै मोटो रकम लगाएर बाँध मर्मत गर्न लागिएको छ ।