माघ २५, स्याङ्जामा तास खेलिरहेका ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका वडा नं ४ नौडाँडास्थित दिपा रेष्टुरेण्टमा तास खेलिरहेका सोही ठाउँ बस्ने ५१ वर्षीय चन्द्र बहादुर गुरुङ सहित ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई नगद ३५ हजार ९ सय ६० रुपैयाँ, १७ हजार १ सय ३० भारतीय रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
बिशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।