माघ २६, आज सुनकाे भाउ ताेलाकाे ९० हजार ४ सय रुपैयाँ कायम गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आज सुनकाे भाउ तोलामा २ सय रुपैयाँले घटेर ९० हजार ४ सय कायम भएको हो ।
आइतबार सुन तोलाकाे ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घकाअनुसार आज चाँदीकाे भाउ ताेलामा पाँच रुपैयाँले बढेको छ । आइतवार एक हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीकाे भाउ आज तोलाकाे एक हजार ३१५ रुपैयाँ निर्धारण गरिएकाे छ ।