/बलात्कारपछि हत्या गरिएको आशंकामा भागरथी भट्टको स्वाब परीक्षण गर्न काठमाडौं पठाइयो

बलात्कारपछि हत्या गरिएको आशंकामा भागरथी भट्टको स्वाब परीक्षण गर्न काठमाडौं पठाइयो

 माघ २६, १७ वर्षीया किशोरी भागरथी भट्टको भेजाइनल स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ।    

बैतडीको दोगडकादार गाउँपालिका-७, चडेपानीकी  भगरथीको शव घर नजिकैको लबलेक जंगलमा माघ २२ गते विभत्स अवस्थामा भेटिएको थियो। 

 बलात्कारपछि हत्या गरिएको आशंका भएपछि उनको भेजाइनल स्वाब परीक्षणका गर्न काठमाडौंस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो। 

शव  शनिबार नै जिल्ला अस्पतालमा परीक्षण गरिएपनि रिपोर्ट अझै सार्वजनिक गरिएको छैन। रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको डाक्टर जोशीको भनाई छ । उनले भने, ‘रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा छ, आज प्रहरीलाई बुझाउँछौं।’ पोष्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गदै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जंगलमा विभत्स र निर्वस्त्र रूपमा मृत अवस्थामा फेला परेकी थिइन्। उनी दोगडाकेदार गाउँपालिका-३, श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनरत थिइन्।