/माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा

माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा

माघ २७, सरकारले यही माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णयअनुसार साेनाम ल्हाेसारका अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । 

यही शुक्रबार सोनाम ल्होसारको अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशीमा रहेका नियोगमा बिदा दिने निर्णय भएको मन्त्रालयद्वारा मङ्गलवार जारी विज्ञप्तिमा जनाइएको छ ।