/स्याङ्गजामा हातहतियार सहित एक पुरुष पक्राउ

स्याङ्गजामा हातहतियार सहित एक पुरुष पक्राउ

स्याङ्जामा एक पुरुष अवैध भरुवा बन्दुक सहित पक्राउ परेका छन् । हरीनास गाउँपालिका वडा नं ३ वलाम्दी बस्ने ४० वर्षीय तुल बहादुर रानालाई १ थान अवैध भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३१ वटा सिसाको छर्रा, बारुद, हतियारमा प्रयोग गरिने १ थान जंगी राउण्ड र भरुवा बन्दुकमा प्रयोग हुने २ थान चापघोडा सहित पक्राउ परेका छन् ।

 

गोप्य जानकारीका आधारमा रानाको घर खोज तलासी गर्दा उक्त हतियार फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीले रानालाई पक्राउ गरेर थप अनुसन्धान भैरहेको बताएको छ ।