माघ २९, राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।
पहिलो खेलमा दिउँसो १२ बजे उदयपुरकाे चौदण्डीगढी नगरपालिका र स्याङ्जाकाे वालिङ नगरपालिका खेल्ने छन् ।
खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका खेल्ने छन् ।
यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटलाई ८-० गोल अन्तरले हराएको थियो ।