जिल्ला अदालत कास्कीको आदेशमा राष्ट्रिय उच्च मावि टुँडिखेलका शिक्षक शिरिषकुमार बस्ताकोटी बिहीबार जेल चलान भएका छन् । विद्यार्थीलाई होटलमा लगेर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका उनि पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
परीक्षा होटलको कोठामा लिई बियर मासुसमेत खाएर छात्रामाथि जबरजस्तीको प्रयास गरेको आरोप शिक्षक बस्ताकोटीलाई थियो।
त्यस्तै परीक्षा अमर्यादित बनाएको आरोप विद्यालयका प्रअ सूर्य तिवारी, शिक्षक घनश्याम रेग्मी र विद्यार्थीलाई समेत थियो। घटनामा संलग्न देखिएका बस्ताकोटीबाहेक अरु सबैजना धरौटी तिरेर छुटेका छन्।
जबरजस्ती मुद्दामा पनि शिक्षक बस्ताकोटीलाई अहिलेका प्रमाणका आधारमा निर्दोष भन्न सकिने अवस्था नभएको हुँदा पछि ठहरे बमोजिम हुने गरी कारागारमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
मंसिर १२ गते कक्षा ११ की छात्रालाई ऐच्छिक अंग्रेजी विषयको परीक्षा लिन शिक्षक बस्ताकोटीले रुपाताल किनारको एक होटलमा लगेका थिए।