फाल्गुन १, ऊर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले जनयुद्धकालको १९ अर्ब रकम अनियमिता गरेको आरोप लगाएका छन् ।
बुटवलमा पूर्व-जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले यस्तो बताएका हुन् । प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ मच्चाई रहेको भन्दै त्यसबेला हिनामिन भएको उक्त अर्बौ रकमको हिसाबकिताब गर्ने समय आएको समेत बताएका छन् ।
रायमाझीले भने,’हामी अहिले वैचारिक र राजनीतिक संघर्षमा छौं । त्यसैले १९ हजार लडाकु कार्यकर्ताको नाम राखेर ल्याएको पैसा कहाँ गयो ? अब १९ अर्बको हिसाबकिताब प्रचण्डले देखाउनु पर्छ ।,’