/निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई पानीमुनि गए पनि नछाड्ने प्रधानमन्त्री ओलीको प्रतिबद्दता

निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई पानीमुनि गए पनि नछाड्ने प्रधानमन्त्री ओलीको प्रतिबद्दता

 प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्त र बैतडकी १७ बर्षीया किशोरी भागरथी भट्टका हत्यारालाई पानीमुनि गए पनि सरकारले नछाड्ने बताएका छन्  । 

 बुटवलमा शनिबार  आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

‘निर्मला हत्या काण्ड, बलात्कार गरेर हत्या गर्ने कुरा होस् अथवा भागरथी हत्या काण्ड होस्। यस्ता हत्या काण्डका अपराधीहरुलाई पानी मुनि गए पनि छोडिने छैन। विश्वका कुनै भागमा भागेर पुगेपछि छोडिने छौं।’ ओलीले भने ।

यस्तै, प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी गरेपछि आफूविरुद्ध षड्यन्त्र भएको बताए।। ‘नयाँ नक्सा जारी गरेपछि, संविधानको अनुसूचीमा त्यसलाई समावेश गरेपछि उहाँहरु (प्रचण्ड–नेपाल) आत्तिनु भयो र प्रधानमन्त्री हट्नु पर्‍यो, सरकार परिवर्तन गर्नुपर्‍यो भनेर अरुले भनेको होइन, अरुले हिम्मत गरेको थिएन। आफ्नै पार्टीबाट बिग्रह पैदा गरेको हो’, उनले भने, ‘काम गर्न नदिने, तीन वर्षदेखि संवैधानिक आयोगहरु बन्न सकेनन्, उहाँहरु हट्नुभो आयोगहरु बने। तगारो के रहेछ भन्ने कुरा तपाईंहरुले देख्नुभो।’