फाल्गुन १, राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोलले हराएको छ ।
बराबरीतर्फ गएको खेललाई विराटनगरकी घलेले ८६ मिनेटमा गोल गर्दै विराटनगरको पक्षमा ल्याइन् ।
चौदण्डीगढीले १० खेलमा एक अंक पनि जोड्न सकेको छैन । त्यस्तै आजको जितसँगै विराटनगर १३ अंकसहित पाँचौ स्थानमा पुगेको छ ।