रिपोर्टर्स सेभेन ,
फाल्गुन १, प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै घरेलु टोली गण्डकीले पुरुषतर्फको उपाधि जित्न सफल भएको छ ।
पोखरा रंगशालास्थित आज शनिबार भएको फाइनलमा घरेलु टोली गण्डकीले आर्मीलाई पराजित गर्दै च्याम्पियन बनेको हो ।
रोमान्चक फाइनल खेलमा गण्डकीले आर्मीलाई १५– ११ ले हराउँदै उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक फाइनलमा गण्डकीले पहिलो, तेस्रो र पाँचौं खेलमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।