/राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई हरायो

राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई हरायो

 फाल्गुन २,   राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ ।                  ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आइतवार भएको खेलमा आर्मीले चन्द्रपुरलाई ६–१ ले हराएको हो । आर्मीकी रश्मी घिसिङले चार र विमला चौधरीले दुई गोल गरे । चन्द्रपुरकी रजनी थोकरले सान्त्वना स्वरूप एक गोल गरिन् ।

चन्द्रपुरलाई हराएसँगै आर्मीले १० खेलमा २५ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको एपीएफको नाै खेलमा २७ अङ्क छ भने चन्द्रपुर १० खेलमा ६ अङ्कसहित छैटौँ स्थानमा छ ।