/रियल मड्रिडको जित, बार्सिलोना फेरि पछि पर्‍यो

रियल मड्रिडको जित, बार्सिलोना फेरि पछि पर्‍यो

फाल्गुन ३, स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा साविक विजेता रियल मड्रिडले जित  हात पारेको छ । बलियो प्रतिद्वन्द्वी भ्यालेन्सियालाई २–० ले हराएको रियल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

 घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडको  जितका लागि १२औँ मिनेटमा करिम बेन्जिामा र ४२औँ मिनेटमा टोनी क्रुसले गोल गरेका हुन् ।

जितपछि २३ खेलबाट ४९ अंक बनाएको रियल मड्रिड  दोस्रो स्थानमा उक्लिएको छ। रियलले एक खेल कम खेलेको बार्सिलोनालाई उछिनेको हो । बार्सिलोनाको २२ खेलबाट ४६ अंक छ । 

२१ खेल मात्रै खेलेको शीर्ष स्थानको एट्लेटिको मड्रिडको अंक ५४ छ ।

गएराति भएका ला लिगाका अन्य खेलमा  रियल बेटिसले भिल्लारियलमाथि २–१ को जित निकाल्यो ।  ओसासुनाले लेभान्टे  र रियल सोसिडाडले गेटाफेलाई समान १–० ले पराजित गरे । एजेन्सी