/सोमबार ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पुष्टि

सोमबार ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पुष्टि

सोमबार  २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख २० हजार ५ सय ९१ पुगेको छ। 

गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५५ पुगेको छ। हाल ७९ जना क्वारेन्टाइनमा छन्। 

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएसंगै  कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।

गत २४ घण्टामा १ सय ४४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार २ सय ४ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल ७६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।