/स्याङ्गजामा ६ बर्षीय बालिकालाई जबरजस्ती गरेको आरोपमा एक पुरुष पक्राउ

स्याङ्गजामा ६ बर्षीय बालिकालाई जबरजस्ती गरेको आरोपमा एक पुरुष पक्राउ

फाल्गुन ३, चापाकोट नगरपालिका स्याङ्जामा छ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । चापाकोट  २ बस्ने ५२ वर्षीय नामदेउ कुमाल ६ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

कुमाललाइ  शनिबार आफ् अभिभावकसँग बाख्रा हेर्न गएकी ६ बर्षीय  बालकालाई जबरजस्ती  करणी गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरेको स्याङ्जाका प्रहरी प्रवक्ता एमव् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारी बताए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको  प्रहरीले बताएको छ ।