/माधब नेपालले ३ बर्षमा सरकारलाई एकदिन पनि सहयोग गर्नु भएन -पुर्ब मन्त्री अधिकारी

माधब नेपालले ३ बर्षमा सरकारलाई एकदिन पनि सहयोग गर्नु भएन -पुर्ब मन्त्री अधिकारी

फागुन ४,पोखरा | नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का केन्द्रिय सदस्य  एबम गण्डकी समितिका सह इन्चार्ज खगराज अधिकारीले प्रधानमन्त्री के पि ओलिले नेतृत्व गर्नु भएको बर्तमान सरकारलाई सो पार्टीका बरिष्ठ नेता माधब नेपालले ३ बर्षको अबधिमा एकदिन पनि समर्थन नगरेको बताउनु भएको छ। अधिकारिले सरकार बनेको दिनदेखि नै अनेककन षड्यन्त्र गर्दै सरकार र पार्टीमा बिग्रह ल्याउन प्रचण्ड र माधब नेपाल लागि परेको बताए।
उनले सो कुरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा )गण्डकी प्रदेश कमिटिको आयोजनामा फागुन १५ गते पोखरामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पि ओलि ज्युले सम्बोधन गर्नु हुने विशाल जनसभाको तयारीको निम्ति जनपरिचालन कमिटी कास्किको पोखरा सभागृहमा आज बसेको तयारी बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन।नेता अधिकारिले के पि ओलिको सरकारले ३ बर्षमा अभुतपुर्ब काम गरेको भन्दै ती राम्रा कामको जानकारी सहित जनताको घर घरमा पुग्न नेता कार्यकर्ताहरुलाइ आग्रह गरे।
पुर्ब स्वास्थ्य मन्त्री समेत रहेका नेता अधिकारिले कम्युनिस्ट आन्दोलनको उर्बर भुमि गण्डकीमा जनताले कुनै पनि अबसरबादीहरुलाई प्रबेश नदिने गरी जनताले तयारी गरिसकेको भन्दै फागुन १५ गतेको आमसभा ऎतिहासिक हुने दाबी गरे।
अब एकाग्रता पुर्बक कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट उचाईमा पुर्याउनु पर्ने भन्दै १५ गतेको आमसभा चुनाबी भएको र यसको तयारीमा लाग्न आग्रह गरे।