फाल्गुन ५, स्याङ्गजामा सवारी दुर्घटनाबाट दुइ जनाले ज्यान गुमाएका छन् । फेदिखोला गाउँपालिका वडा नं १ मट्टिखाना बस्ने १९ वर्षीय बिवेक क्षेत्री र पुतलीबजार नगरपालिका वडा नं ९ लामागे घर भएका ४० वर्षीय श्रीकृष्ण भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ ।
सवारी दुर्घटनामा परी स्याङ्जा, फेदिखोला गाउँपालिका वडा नं १ मट्टिखाना बस्ने १९ वर्षीय बिवेक क्षेत्री र पुतलीबजार नगरपालिका वडा नं ९ लामागे घर भएका ४० वर्षीय श्रीकृष्ण भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ । पोखरा महानगरपालिका वडा नं ६ जरेबारस्थित दुरघटना भएको प्रहरीले जानकारी दिएको हो ।
सडकमा ग.१३ प ३९२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचार भईरहेको छ ।
यसैगरी प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नं २५ याम्दीस्थित सडकमा ध.१ ज ९८८ नम्बरको ट्याक्सी र ग.१७ प ९१६२ नम्बरको स्कुटर आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा स्कुटर चालक सोही महानगरपालिका वडा नं ९ नागढुङ्गा बस्ने स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं ९ लामागे घर भएका ४० वर्षीय श्रीकृष्ण भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको हो ।
ट्याक्सी चालक प्रहरीको नियन्त्रणमा छन् ।