बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई म्याद थपको लागि अदालत लैजाने तयारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न लागेको प्रहरीले जनाएको छ ।
भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्धामा म्याद थप हुने प्रहरीले जनाएको छ ।