/९५ हजार घुस लिंदै गर्दा एक इन्जिनियर पक्राउ

९५ हजार घुस लिंदै गर्दा एक इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित एक इन्जिनियरलाई पक्राउ गरेको छ ।

 धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीलाई ९५ हजार घुस लिइरहेको  बेला  आयोगले पक्राउ गरेको हो ।

कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न भएपश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको बुझ्न आएको छ  ।