/एमिकस क्युरीका सदस्य मैनालीको दाबी : ‘प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन्

एमिकस क्युरीका सदस्य मैनालीको दाबी : ‘प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन्

फाल्गुन ५, सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध  परेका रिटमाथि अदालतका एमिकस क्युरीका सदस्यले राय दिने क्रम चलिरहेको छ । बुधवार राय दिने एमिकस क्युरीका सदस्य विजयकान्त मैनालीले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार रहेको दाबी गर्नुभएको छ ।

एमिकस क्युरीका सदस्य मैनालीले अहिले नेपालले संसदीय प्रणाली अपनाएको र यो प्रणालीमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार रहेको बताउनुभएको छ । 

उहाँले बेलायतलगायतका देशमा पनि प्रधानमन्त्रीले संसद् विघटन गर्ने उदाहरण समेत दिनुभएको छ  ।

तर मैनालीलाई न्यायाधीश सपना मल्ल प्रधानले नेपालको संविधानको भाषा हेर्ने कि विदेशका अभ्यास मात्रै हेर्ने हो ? भनेर प्रश्न सोध्नुभएको छ । 

एमिकस क्युरीका पाँच जना सदस्यमध्ये बद्रिबहादुर कार्कीले मङ्गलवार नै राय दिइ सक्नुभएको छ, बुधवार सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिनुभएको छ ।