/पोखरामा खुला बुद्दिचाल प्रतियोगिता सम्पन्न

पोखरामा खुला बुद्दिचाल प्रतियोगिता सम्पन्न

कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा मिति २०७७ फाल्गुन ७ देखि ९ सम्म ११ औं कास्की जिल्ला खुल्ला बुद्धिचाल प्रतियोगिता पोखरामा शुक्रबारदेखि सुरु भएको छ।कास्की जिल्ला खेलकुद समितिको व्यवस्थापक प्रकाश बरालले एक कार्यक्रम बीच प्रतियोगिताको उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले कास्की जिल्ला खेलकुद समिति पुरा जिल्लालाई नै “चेस हब”बनाउन लागि परेको बताए।यस प्रतियोगितामा भेट्ररान,रेटिङ, र नन-रेटिङ का ३० खेलाडीहरुले सहभागिता जनाएका छन्।स्विस मेनेजर बिधिको आधारमा मा हुने ७ चरणको खेल मध्ये पहिलो दिनको खेलमा २ चरणको खेल सम्पन्न भएको निर्णयक मण्डलको आर्बिटर नरेन्द्र रानाभाटले बताए।”विकास,अनुशासन र गतिशीलता” को मुल नारा राखी सञ्चालन भएको यस प्रतियोगितामा क्रमशः पहिलो देखी दसौंसम्मका उत्कृष्ट खेलाडीहरु ट्रफी,मेडल,रकम राशी र प्रमाणपत्र बाट सम्मानित हुने छन्।शुक्रकुमार प्रधानको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको संचालन संघका सचिब युवराज भण्डारीले गरेका थिए।