/कास्की अन्नपुर्ण गाउँपालिकाको जंगलमा आगलागी

कास्की अन्नपुर्ण गाउँपालिकाको जंगलमा आगलागी

फाल्गुन ८, कास्की अन्नपूर्ण गाउपालिका स्थित जंगलमा आगलागी भएको छ । अन्नपुर्ण गाउपालिका वडा नम्बर ८ र ९ को बिचको जंगलमा आगलागी भएको हो ।
आगो व्यापक रुपमा फैलिएकोको र नियन्त्रण भन्दा बाहिर गएको स्थानीयले बताएका छन् । सार्क्यु गाउबासिले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रण भन्दा बाहिर गएको स्थानीयले बताएका छन्   ।
आगोका कारण जंगलका अधिकाश वन्यजन्तु , बनस्पति र प्राकृतिक स्वरूप ध्वस्त भएको  बताइएको छ ।
आगो नियन्त्रणमा सार्क्यु ,छेद्गाउँ , गैरिबांग ,लाम्दुवाली , बजगरा र साबेत समेतलाई गुहारेको स्थानीय सरन सिंहले बताएका छन् ।
आगो कसरि  लाग्यो भन्ने कारण पत्ता लाग्न सकेको छैन