/ठुल्ढुङ्गा देखि छोरेपाटन सम्म ३०० घरलाई स्वच्छ खानेपानी पुर्याउने योजना

ठुल्ढुङ्गा देखि छोरेपाटन सम्म ३०० घरलाई स्वच्छ खानेपानी पुर्याउने योजना

कास्की  पोखरा महानगरपालिका  अन्तर्गत वार्ड नं २२ मा ठुल्ढुङ्गा देखि सिद्धार्थ राजमार्ग हुँदै घुम्ती,अर्चलबोट,कालिमाटी,हुँदै छोरेपाटन संम्म एक घर एक धारा संगै करिब ३०० घरलाई स्वच्छ खानेपानी र सरसफाई सहित पुर्याउने योजना तय भएको छ ।

 आर्थिक बर्ष २०७४/०७५ देखि कार्य सुचारु भै रहेकोमा यसबर्षको बजेटले फलेटे सम्ममात्र पाईप बिच्छ्याउन मात्रपूगेको समितिले बताएको छ ।   अर्चलबोट सम्म पानी पूर्याउने लक्षलिई यहि फाल्गुण ६ गते घुम्ती बुढिखोरिया सम्म पानी आइपुगेको समितिले बताएको छ  ।

समितिले  उपभोक्त्तासमूह,वार्ड समिती,महानगरपालिका,प्रदेश सभा,केन्द्रको सहयोग भएमा यसै बर्ष छोरेपाटन सम्म पाईप लाईन पूर्र्याउने लक्ष लिएको समेत बताएको छ ।