/मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस, अर्को बैठक २० गते बस्ने

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस, अर्को बैठक २० गते बस्ने

 प्रदेश १ मा  मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेस भएको छ ।  सत्तापक्षका सांसदको अनुपस्थितमै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको हो । 

नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई साथ दिएको, पार्टी विरोधी गतिविधि गरेको लगायतका आराेप लगाउँदै गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वसको प्रस्ताव दर्ता गरेको थियो।  

अविश्वासको प्रस्तावका प्रस्तावक सांसद इन्द्रबहादुर आङ्बोले  प्रस्ताव पेस गरेका हुन्।

अर्को बैठक फागुन २० गते बस्नेछ ।