/स्याङ्जामा दुई युवक लागू औषधसहित पक्राउ

स्याङ्जामा दुई युवक लागू औषधसहित पक्राउ

स्याङ्जा । स्याङ्गजाका दुइ युवा लागु औषधसहित पक्राउ परेका छन् । लागू पदार्थ ओसारपसार भईरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू औषधसहित दुई युवालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका अनुसार पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका १ का २५ वर्षीय दिवस गुरुङ र आँधीखोला गाउँपालिका १ का २२ वर्षीय अमुल परियार रहेका छन् ।

दिवस गुरुङको घरमा खानतलासी गर्दा दिवस सुत्ने कोठामा राखेको व्यागमा दुईदुई एमएलको लागू औषध बुफ्रेनोर्फिन २८ एमपुल, फेनरागन २८ एम्पुल, डाईजेपाम २८ थान र आगू औषध गाँजा ५ ग्राम, सिरिन्ज १ थान बरामद भएको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।