गाेरखाकाे बारपाक गाउँपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन ।
अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् । बिहान अबेरसम्म घरकाे ढाेका नखाेलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेका हुन ।
घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा पुगेको छ ।