/मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अन्तरिक्ष यानको अद्भुत भिडियाे सार्वजनिक

मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अन्तरिक्ष यानको अद्भुत भिडियाे सार्वजनिक

 नासाले अन्तरिक्ष यान पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियाे सार्वजनिक गरेको छ ।  

मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ । भिडियाेमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबोट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसको नजिक आएको देखिन्छ । त्यसतै भिडियोमा रोबाेटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको बीबीसीले जनाएको छ । 

अन्तरिक्ष यान पर्सिभिअरन्सलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको सतहमा राखेको थियो । नासाले यानमा क्यामेराहरू बाँधेर पठाइएको थियो । सात वटा क्यामेरा यानको अवतरणको रेकर्डिङका लागि मात्रै राखिएको थियो ।