/प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सुरक्षा परिषदको बैठक आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सुरक्षा परिषदको बैठक आह्वान

आज प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रिय सुरक्षा परिषद्को बैठककाे आह्वान गर्नु भएको छ। प्रधानमन्त्री ओलीले आज मंगलवार बिहान साढे ९ बजेका लागि सुरक्षा परिषद्को नियमित बैठक  बोलाउनु भएको निजी सचिवालयले जनाएको छ ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुने बुझिएको छ ।
 
बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र आउँदो वैशाखमा हुने चुनावलगायतका विषयमा छलफल हुने एक स्रोतले बताएको छ  ।
 
राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।