/पोखरामा नयाँ निशान म्यागनाइट सार्वजनिक

पोखरामा नयाँ निशान म्यागनाइट सार्वजनिक

पोखरा,   पोखरामा नयाँ निशान म्यागनाइट सार्वजनिक भएको छ । इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले एक कार्यक्रमका बीच निशान म्यागनाइट सार्वजनिक गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले निशान म्याग्नाइट धेरै ग्राहकको रोजाईमा पर्ने विश्वास व्यक्त गरे । त्यस्तै इलाइट मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक गोपाल बरालले निशान म्याग्नाइटको बिक्री शुभारम्भ ग्राहक केन्द्रित यात्रामा महत्वपूर्ण   हुने बताए ।
 गाडीमा ‘मेक इन इण्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू रहेको कम्पनीले जनाएको छ । त्यसैगरी यसमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ ।
पुष बटम स्टार्ट, प्रोजेटेड एलइडि हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन् । यसको शुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ रहेको छ ।